सल्यानमा लागूपदार्थ दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम
64x64
२०७९ असार २२ बुधबार प्रेसपालिका संवाददाता
211 Views

योग माया रेउले, : सल्यान असार  २२ ।

लागूपदार्थ र लागू औषध दुर्व्यसन विरुद्धको सम्बन्धी सचेतना कार्यक्रम सल्यानमा सम्पन्न भएको छ। जिल्लाको शारदा नगरपालीका वडा ४ रहेको महेन्द्र रत्न माध्यमिक विद्यालय पिपलनेटा र शारदा नगरपालीका वडा नंम्बर ८ मा रहेको त्री भुवन जनता माध्यमिक विद्यालय मार्केमा सचेतना कार्यक्रम सम्पन्न भएकाे हाे । नेपाल स्काउट कर्णाली प्रदेश कार्यालयको आयोजना र जिल्ला प्रहरी कार्यालय सल्यान र बास नेपाल जिल्ला शाखा सल्यानको सहकार्यमा सो कार्यक्रमा सम्पन्न भएको छ ।

सल्यानमा लागूपदार्थ दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम - प्रेस पालिकाकार्यक्रम सहभागी विद्यार्थी निर्मल विष्टले लागूपदार्थ भनेको के हो र लागूपदार्थ प्रयोग, उत्पादन , सेवन गर्दा र कानुनी सजायको बारेमा जानकारी लिएको बताए । उनले भने’ अब धेरै कुरा थाहा भयो , हाम्रो समाज, स्कूल र घरमा लागुपदार्थ र यसको कानुनी सजाएको बारेमा सबै लाई जानकारी दिने पनि ‘ विष्टले प्रतिबद्धता जनाए।

सचेतना कार्यक्रममा नेपाल स्काउटकी लागूपदार्थ दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम की प्रशिक्षक मेघा रेउलेले लागूपदार्थ भनेको के हो,यसमा कसरी फसिन्छ,यसको सेवनले शारिरिक, आर्थिक र समाजमा कस्तो ख्यालको असर गर्छ र यस बाट बच्ने उपायहरुको बारेमा प्रशिक्षण गराउनु भएको थियो ।

सल्यानमा लागूपदार्थ दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम - प्रेस पालिकायस्तै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी सहायक निरीक्षक दिमुप लामिछानेले लागूपदार्थ प्रयोग गर्ने , यसको ओसार पसार गर्ने वा लागूपदार्थ उत्पादन तथा तथा बिक्री वितरण गरेमा नेपालको कानुनले कस्तो सजाय तोकेको छ भनेर जानकारी दिनु भयो ।
सचेतना कार्यक्रम २ वटा विद्यालयमा तीन सय भन्दा बढी विद्यार्थीको सहभागीता रहेको थियो ।                                      सल्यानमा लागूपदार्थ दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |