चाैरजहारीमा चट्याङ लागेर २ जना घाइते
64x64
२०७९ असार २२ बुधबार प्रेसपालिका संवाददाता
180 Views

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १२ मा चट्याङ लागेर दुई महिला घाइते भएका छन् । मंगलबार परेको चट्याङ लागेर सुर्किमारेकी ४५ वर्षिया लक्ष्मी ओली र वोहरागाउँकी २९ वर्षिया कोशिला महतारा बोहरा घाइते हुनुभएको हो ।

घाइतेहरुको शरिरका विभिन्न अंगमा चोट लागेको बताईएको छ । आफ्नो घरमै रहेको अवस्थामा चट्याङ लागेको स्थानीय दिलबहादुर ओलीले जानकारी दिनुभयो । घाईतेहरु स्थानीय मेडिकलमा उपचार पछि घर फर्किएको उहाँले बताउनुभयो । उनीहरुको अवस्था सामान्य रहेको छ । त्यस्तै चट्याङले स्थानीयका करिब ५० बढी बिजुलीका ब्लवमा क्षेति गरेको छ ।

चाैरजहारीमा चट्याङ लागेर २ जना घाइते - प्रेस पालिकात्यस्तै स्थानीय अतिराम ओलीको घरमा सामान्य क्षेति पुगेको छ भने सोलारमा पूर्ण क्षेति गरेको छ । त्यस्तै सोमबार परेको चट्याङ लागेर स्यानालेखका मोतविर बोहराको भैंसी मरेको थियो । भने घर चर्किएको बताईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News