पहिरोले बस्ती नै जोखिममा
64x64
२०७९ असार २१ मंगलबार प्रेसपालिका संवाददाता
302 Views

अबिरल वर्षापछि आएको पहिरोले रुकुम(पश्चिम)को मुसिकोट नगरपालिका ५ मा रहेको एक बस्ती नै जोखिममा परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहेको घुयलपानी डाङडुङ्गे बस्ती जोखिममा परेको हो । यहि असार २० गते सोमबार राती भएको अबिरल बर्षाका कारण उक्त बस्ती जोखिममा रहेको वडा अध्यक्ष समिरजंग मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार बर्षाका कारण पहिरो जाँदा मानिस आवत जावत गर्ने बाटो र बत्ति समेत अबरुद्ध भएको छ । अहिले पनि पहिरो गईरहेकोले उक्त बस्तीका ४ घरपरिवार अति जोखिममा रहेको र अरु १४ घरपरिवार पनि जोखिममा रहेको अध्यक्ष मल्लको भनाई छ । पहिरोका कारण बस्ती जोखिममा रहेको खबर प्राप्त भएपछि नगर प्रमुख महेन्द्र केसीले पहिरो र जोजिममा रहेको बस्तीको अनुगमन तथा निरिक्षण गर्नु भएको छ । नगर प्रमुख केसीसँगै जोखिममा रहेको बस्तीमा पुगेका नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र रुकुम (पश्चिम)का प्रमुख त्रिलोचन भट्ट, वडा नम्बर ५ का वडा अध्यक्ष समिरजंग मल्ल, जिल्ला बिपद् प्रतिकार्य समुह, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको टोलीले जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा सर्न सुझाव दिएको छ । वर्षापछि आएको पहिरोले बिजुली बत्तिका पोल बगाउनुका साथै सडक तथा गोरेटो बाटो समेत अवरुद्ध भएपछि स्थानीयलाई एक गाउँबाट अर्काे गाउँमा आवतजावतमा कठिन भएको र अँध्यारोमा बस्न बाध्य भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News