त्रिवेणीमा हजार दिने बच्चाका आमाहरुलाई अण्डा वितरण
64x64
२०७९ असार ०९ बिहिबार प्रेसपालिका संवाददाता
307 Views

रुकुम पश्चिमको त्रिवेणी गाऊपालिका २ को गैरीनेटामा सुनौलो हजार दिने बच्चाका आमाहरुलाई अण्डा वितरण संगै आमा समुहका प्रत्येक सदस्यहरुलाई व्यक्तिगत सरसफाईका सामाग्रि र आमा समुहलाई स्टेचर वितरण गरिएको छ ।
मानव बिकास तथा सामुदायिक स्वास्थ्य सेवा अन्तर्गत मातृशिशु तथा बाल स्वास्थ्य प्रबद्दन कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको मानव बिकास तथा सामुदायिक स्वास्थ्य सेवा अन्तर्गत मातृ शिशु तथा बाल स्वास्थ्य प्रबद्दन कार्यक्रमका सामाजिक परिचालिका कल्पना पुनले जानकारी दिनु भयो । परियोजनाको नियमित कार्यक्रम अन्तर्गत ऊक्त सामाग्रि वितरण गरिएको हो ।
हजार दिने आमा र बच्चाको पोषण अवस्था संगै स्वास्थ्य अवस्था सुधार गर्नुका साथै कुपोषण दर कम गर्नका लागी पोषण सामाग्री वितरण संगै सुनौलो हजार दिनका आमाहरुलाई पोषण सम्बन्धि जानकारी गराईएको सामाजिक परिचालिका पुनले जानकारी दिनुभयो ।

सामुदायिक स्वास्थ्य ईकाई सेवा केन्द्र गैरीनेटामा भएको वितरण कार्यक्रममा स्वास्थ्य सेवा केन्द्र गैरीनेटाका अ हे ब धनकुमारी ओली, अनमी सुजता खड्का, आमा समुह लगायतको ऊपस्थिति रहेको थियो ।त्रिवेणीमा हजार दिने बच्चाका आमाहरुलाई अण्डा वितरण - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |