रुकुम पश्चिम चाैरजहारी ३ का इन्जिनियरकाे जिप दुर्घटनामा मृत्युु
64x64
२०७९ असार ०८ बुधबार प्रेसपालिका संवाददाता
582 Views

सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै  जिप दुर्घटनामा परेको छ । बा झ ८७८४ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परेर रुकुम पश्चिमको चौरजहारी ३ निवासी २८ बर्षका इन्जिनियर धर्मराज बुढोथोकीको ज्यान गएको छ । जिप सडकबाट करिव २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी राम प्रसाद घर्तीले जानकारी दिनुभयाे । ब्रेक फेल भएर गाडी दुर्घटना भएको अनुमान प्रहरीको छ ।

अछाम र दैलेख सीमानामा पर्ने असराघाटस्थित कर्णाली नदीको वहाव मापन केन्द्रको अवस्था बुझेर फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखी माथि मोडमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।दुर्घटनामा ज्यान गुमाउनुभएका बुढाथोकी जल तथा मौसम विज्ञान कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । उहाँ गत जेठ २७ गतेका दिन लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट जल विज्ञान सहायक पदमा सिफारिस हुुनुभएको थियो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News