महिला स्वास्थ्य स्वयम सेविकालाई आखा तथा कान सम्वन्धि तालिम
64x64
२०७९ असार ०५ आइतबार प्रेसपालिका संवाददाता
248 Views

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका स्वास्थ्य स्वयम् सेविकालाई आखा तथा कान स्वास्थ्य सम्वन्धि अभिमुखिकरण दिईएको छ । नेपाल नेत्रज्वतीसंघ एकिकृत आखा तथा कान स्वास्थ्य कार्यक्रम सिविएमको आर्थिक सहयोग र मुसीकोट नगरपालिकाको सहकार्यमा अभिमुखिकरण सम्पन्न भएको हो । कार्यक्रम दुई दिन सम्म चलेको थियो ।

वडा नम्वर ४ सोलावाङमा शनिबार कार्यक्रम सम्पन्न भएको थियो भने आज वडा नम्वर १ खंलगाका अभिमुखिकरण भएको हो । सोलावाङमा १९ जना स्वास्थ्य स्वयम् सेविकाहरुलाई आखा कान सम्वन्धि अभिमुखिरकण दिईएको थियो । भने आज खंलगामा भएको कार्यक्रममा २२ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमा आखा तथा कानको प्राथामिक उपचार सम्वन्धि जानकारि दिईएको थियो । त्यस्तै गाउँ घरमा आखा तथा कानमा समस्या आएका विरामिलाई दिने सल्लाह सुझावको बारेमा सिकाईएको थियो । सहभागि महिला स्वास्थ्य स्वयम सेविकालाई आखा उपचार केन्द्र सल्लेका ईञ्चार्ज धनबहादुर केसीले आखा तथा कानको स्वास्थ्य सम्वन्धि आधारभुत कुरा सिकाउनु भएको थियो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News