रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जाजरकोटको रिम्नाबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राडीबजार आउँदै गरेको लु १ ज १८९७ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका ११, को छोटेटारमा जिप दुर्घटना हुँदा जिप चालक बाँफिकोटका २४ वर्षीय कविराम विक र मुसीकाेटका कमल खड्काकाे मृत्यु भएको इप्रका कार्यालय आठविसकाेट रुकुम पश्चिमले जनकारी दिएकाे छ । झन्डै जिप सडकभन्दा झण्डै दुई सय मिटर तल भेरी नदीको किनारमै पुगेकाे प्रहरीले जनाएको छ । दुवै जनालाई दुर्घटना स्थलबाट आठबीसकोट नगर अस्पतालमा पुर्याएपछि मृत घोषणा गरिएको थियो ।
