
रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ खलंगामा जवरजस्ती वडा नम्बर १ खलंगाको बह्राटाकुरामा अवस्थित झोलुंगे पुल नजिकै एक महिलालाई जवरजस्ती करणीको प्रयास गर्ने दाङको तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ४ का ३० वर्षिय रामबहादुर ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहेकाे डिएसपी सोतीले बताउनुभयो । जवरजस्ती करणीको प्रयास गरेको र आफुलाई पुलबाट खसाउने प्रयास समेत गरेको पिडित महिलाले बयान दिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थाहा पाएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
घटनास्थल जिल्ला प्रहरी कार्यालय देखि नजिकै छ । आईतबार साँझ काम सकेर घर फर्कदै गरेकी महिलालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा ओलीलाई पक्राउ गरेको जिल्ला प्रमुख प्रहरी नायव उपरीक्षक बिष्णुप्रसाद सोतीले जानकारी दिनुभयो ।
