राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड आयोजनाको शेयर निष्काशन
64x64
२०७९ जेठ २४ मंगलबार प्रेसपालिका संवाददाता
562 Views

राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको छ । आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्व र रुकुम पश्चिम दुई जिल्लाका बासिन्दाहरुका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला गरेका हो ।
प्रति साधारण शेयर १०० का दरले ६ लाख १२ हजार ७ सय ९३ कित्ता साधारण शेयर जेष्ठ २४ गते देखि अषाढ ७ गते सम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका जनसम्पर्क अधिकृत धिरेन्द्र प्रकाश शाहले जानकारी दिनुभयो । एक व्यक्तिले कम्तिमा १० कित्ता र बढीमा ६ लाख कित्ताका लागि आवेदन दिन सकिने जनसम्पक अधिकृत शाहले जानकारी दिनुभयो ।राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड आयोजनाको शेयर निष्काशन - प्रेस पालिका

दरखास्तका लागि,ग्लोबल आइएमई बैंक लिमिटेड (रुकुम पूर्व), प्रभु बैंक लिमिटेड(रुकुम पूर्व), सिद्धार्थ बैंक लिमिटेड पुथा उत्तरगंगा (रुकुम पूवर्) , ग्लोबल आइएमई बैंक लिमिटेड(रुकुम पश्चिम), सिद्धार्थ बैंक लिमिटेड,(रुकुम पश्चिम) लगाएत नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरुबाट आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Prem Bahadur Kc
Prem Bahadur Kc
1 year ago

सबैले भर्न मिल्ने हो कि Dmate Account भएकोले मात्र हो जानकारी पाउन ??

Flash News