चौरजहारी नगर कार्यपालिकाकाे पहिलो बैठक सम्पन्न यस्तो छन् निर्णयहरु
64x64
२०७९ जेठ २४ मंगलबार प्रेसपालिका संवाददाता
423 Views

रुकुम पश्चिमको चौरजहारी नगर कार्यपालिकाकाे पहिलो बैठक बसेकाे छ । हिजाे बसेकाे बैठकले यस्तो निर्णय गरेकाे छ नगरपालिकाका १४ वटा वडाका ४२ घरलाई खरका छानामुक्त अबास अन्तरगत बनाउने निर्णय भएको छ । कार्यपालिकाको पहिलो बैठकले कोभिडबाट संक्रमितलाई पनि आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेकाे छ ।

अबका यी सबै कामलाई कार्यान्वयनमा लैजानकाे लागि नगरप्रमुख पुष्प वादीले जानकारी दिनुभयो । नगरप्रमुखले पदभार ग्रहणका क्रममा गरेको अग्नी पीडितलाई नगद सहयोग गर्ने लगायतका निर्णय पनि कार्यपालिकाबाट निर्णय गरिएको छ ।पहिलो कार्यपालिको बैठकबाट विभिन्न विषयगत समिति गठन गरिएको हो । नगरप्रमुख वादी, उपप्रमुख इश्वरीकुमारी शर्मा विएम तथा वडाध्यक्षहरु संयोजक रहने गरी समिति गठन भएका छन् ।

स्रोत अनुमान तथा बजेटका सिमा निर्धारण समितिको संयोजकमा नगरप्रमुख पुष्प वादी हुने व्यवस्था रहेकाे छ । न्यायिक समिति, स्थानीय राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उपप्रमुख इश्वरीकुमारी शर्मा विएम हुने व्यवस्था छ । यसका साथै कार्यपालिका बैठकले अरु समिति पनि गठन गरेको छ । गोपाल भण्डारीको संयोजकत्वमा सार्वजनिक लेखा तथा सुशासन समिति गठन गरिएको छ । लालबहादुर बुढाको संयोजकत्वमा सामाजिक विकास समिति, खुमबहादुर खड्काको संयोजकत्वमा पूर्वाधार विकास समिति गठन गरिएको छ । विरबहादुर रानाको संयोजकत्वमा विधायन समिति, श्रीकृष्ण शर्माको संयोजकत्वमा आर्थिक विकास समिति र टिकाराम ओलीको संयोजकत्वमा वातावरण तथा विपद् व्यवस्थापन समिति गठन भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |