बैंक तथा बित्तिय संस्था द्वारा नब निर्बाचित जन प्रतिनिधिहरूलाइ सम्मान
64x64
२०७९ जेठ २४ मंगलबार प्रेसपालिका संवाददाता
327 Views

रुकुम पश्चिम चौरजहारी नगर पालिकामा बैंक तथा बित्तिय संस्था द्धारा नब निर्बाचित जनप्रतिनिधिहरु लाई सम्मान तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ । बैंक तथा वित्तिय संस्था कर्मचारी मञ्चको आयोजनामा चौरजहारी नगर पालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख पुष्प बादी र बिशेष अतिथि नगर उप प्रमुख इश्वरी शर्मा बि एम रहनु भएको थियो ।
कार्यक्रममा वडा न. १ देखी १४ नम्बर वडा सम्मका अध्यक्ष र बिभिन्न १४ वटा बैंक तथा बित्तिय संस्थाका बिभिन्न पदका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको र्निधन उथान लघु वित्त वितिय संस्थाका सहायक क्रमचारी शशिराम वोहोराले जानकारी दिनुभयो ।

कार्यक्रम मा बोल्दै नगर प्रमुख बादी ले स्थानिय उत्पादनमा जोड दिने र लगानी गर्न प्रोत्साहन गर्ने बताउनु भयो । विभिन्न १४ वटा बैंक तथा बित्तिय संस्थाहरूकाे उपस्थित रहेकाे कार्यक्रमको अध्यक्षता नेपाल बैंक लिमिटेड शाखा प्रमुख रुपक राज ढकाल ले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन ज्ञानु गौतमले गर्नेभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News