रुकुम पूर्वमा ट्रयाक्टर दुर्घटना हुदाँ दुर्ई जनाको मृत्य
64x64
२०७९ जेठ २१ शनिबार प्रेसपालिका संवाददाता
209 Views

रुकुम पूर्वमा ट्रयाक्टर दुर्घटना हुदाँ दुर्ई जनाको मृत्य भएको छ । त्यस्तै दुई जना घाइते भएका छन । सिस्ने गाउँपालिकाको वडा नम्बर ४ कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा १ त १६१६ नम्बरको ट्र्याक्टर दुर्घटना हुदाँ ट्र्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।  रुकुम पूर्वमा ट्रयाक्टर दुर्घटना हुदाँ दुर्ई जनाको मृत्य - प्रेस पालिका

मृत्यु हुनेमा सिस्ने ४ दादीङका १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वकाले जनाएकाे छ । घाइते हुनेहरुमा ५९ वर्षीय ओइली पुन र ४५ वर्षका रुद्रबहादुर मल्ल रहेका छन । उनिहरुको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको बताएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News