सामुदायिक महिला स्वास्थ्य स्वयम सेबिकाहरुलाई आधारभूत तालिम
64x64
२०७९ जेठ १७ मंगलबार प्रेसपालिका संवाददाता
328 Views

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सामुदायिक महिला स्वास्थ्य स्वयम सेबिकाहरुका लागि १० दिने आधारभूत तालिम शुरु गरिएको छ । नगरपालिका अन्तरगत स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा सामुदायिक महिला स्वास्थ्य स्वयम सेबिकाहरुका लागि १० दिने आधारभूत तालिम शुरु गरिएको हो ।

१० दिनसम्म सञ्चालन गरिने तालिमको नगरपालिकाका उपप्रमुख बिमल कुमार पुनले उदघाटन गर्नुभएको छ । नगरपालिकाको वडा नम्बर ३ मा रहेको मुसिकोट स्वास्थ्य चौकीमा सञ्चालित तालिम उद्घाटन सत्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुन र स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख एबं जनस्वास्थ्य अधिकृत मानबहादुर खत्रीको पनि आतिथ्यता रहेको थियो ।

तालिमको प्रशिक्षण एबं सहजीकरण जनस्वास्थ्य निरिक्षक बेदराम ओली, सिनियर अनमी निरिक्षक कमला केसी, मुसिकोट स्वास्थ्य चौकीका इन्चार्ज एबं सिनियर अहेब अधिकृत रुपा थापा र सिनियर अनमी हिरा पुनले गर्नु भएको छ । तालिममा मुसिकोट नगरपालिका अन्तरगतका यसअघि आधारभूत तालिम नलिएका १९ जना सामुदायिक महिला स्वास्थ्य स्वयम सेबिकाहरुको सहभागिता रहेको छ । तालिम आगामी जेठ २५ गते बुधबारसम्म सञ्चालन हुने स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख एबं जनस्वास्थ्य अधिकृत मानबहादुर खत्रीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News