क्षमता विकास तथा योजना तर्जुमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
64x64
२०७९ जेठ १७ मंगलबार प्रेसपालिका संवाददाता
312 Views

क्षमता विकास तथा योजना तर्जुमा अभिमुखीकरण कार्यक्रम सम्पन्
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नगरपालिका स्तरीय क्षमता विकास तथा योजना तर्जुमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सुशासन केन्द्र विरेन्द्रनगर सुर्खेतको प्रबिधिक सहयोगमा र नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय क्षमता विकास तथा योजना तर्जुमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिकाको सभाहल सेरीगाउँमा सम्पन्न भएको कार्यक्रममा आगामी आर्थिक बर्ष २०७९÷०८० का लागि निर्माण गरिने नीति तथा कार्यक्रम र योजना तथा बजेटका बिषयमा प्रारम्भीक छलफल भएको बताइएको छ ।
नगरप्रमुख महेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप–प्रमुख बिमल कुमार पुन, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुन, १४ वटै वडाका वडा अध्यक्षहरु, नगरपालिका अन्तरगत सबै शाखाका शाखा प्रमुखहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रदेश सुशासन केन्द्र विरेन्द्रनगर सुर्खेतका योजना बिज्ञ सुदन कुमार ओलीले गर्नु भएको थियो ।

Flash News