महीलाहरुका लागी क्षमता अभिवृद्धी तालीम ४ पालिकामा सम्पन्न बाकि त्रिवेणी र मुसिकाेटमा हुने
64x64
२०७९ जेठ १७ मंगलबार प्रेसपालिका संवाददाता
372 Views

रुकुम पश्चिमका बिभिन्न पालिकामा महिलाहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएका छन । महिला सहकारीमा आवद्ध महिलाहरुको क्षमता अभिवृद्धि गर्नका लागि तालिमको आयोजना गरिएको हो ।
कृषि बिकास कार्यालय रुकुम पश्चिमको आर्थिक सहयोग र वेस्र्टन नेपाल प्राविधिक इन्स्टिच्युटको आयोजनामा तालिम सञ्चालन गरिएको हो । हाल सम्म रुकुम पश्चिमका ४ ओटा पालिका सानिभेरी,बाफिकोट चौरजहारी र आठबिसकोटमा तालिम सम्पन्न भैसकेको वेस्र्टन नेपाल प्राविधिक इन्स्टिच्युटका महाप्रबन्धक दिपेश बाँठाले जानकारी दिनुभयो ।
प्रेत्यक पालिकाबाट महिला सहकारीमा आवद्ध २० जना महिलाहरुलाई तालिममा सहभागि गराएको छ । तालिम रुकुम पश्चिमका ६ ओटै पालिकामा सञ्चालन हुने छ । तालिममा महिलाहरुका लागि सिप बिकास,कृषि बिमा,लघु–उद्यमशिलता लगाएतका बिषयमा सिकाइएको तालिम संयोजक छविलाल बिस्टले जानकारी दिनुभयो ।
तालिमको सहजिकरण लक्षमण शाही, व्युझना पुन (देवकोटा),प्रेमा रोकाले गरिरहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |