रुकुम पश्चिमको सानीभेरी गाऊपालिका ९ मा महिलाहरुका लागी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । कृर्षि विकास कार्यालय रुकुम (पश्चिम )को आर्थिक सहयोगमा र वेस्टर्न नेपाल प्राविधिक इनिष्टच्यूटको सहजीकरणमा तालिम सम्पन्न भएको हो । महीला सहकारिमा आबद्ध २० जना महिलाहरुलाई तालीम दिईएको आयोजकले बत्ताएको छ । तालिमको सहजीकरण लक्ष्मण शाही, व्यझना पुन ,प्रेमा रोकायले गर्नुभएको थियो । कृर्षी बिमा ,कृर्षि खेती बाट कसरी ब्यवसायीक बन्ने ,लघु_उद्यमशिलता लगाएतका बिषयमा सिकाएको थियो । तालिम चौरजहारी,आठबिसकोट ,बाफिकोट, मुसीकोट,र त्रिबेणीमा पनी चल्ने वेस्टर्न नेपाल प्राविधिक इनिष्टीच्यूट कार्यलय प्रमुख दिपेश बाठा मगरले जानकारी दिनुभयो ।