इटालिय पर्यटकलाई साँस्कृतिक झाँकी सहित रुकुम पश्चिम स्वागत
64x64
२०७९ बैसाख ०५ सोमबार प्रेसपालिका संवाददाता
182 Views

रुकुम पश्चिममा इटालियका पर्यटकलाई  स्वागत गरिएको छ । महिला समूह  मयुर नाँच  झाँकि पञ्चे बाजा नेपाली पहिचान सहित झल्किने पोशाकले सजिएर  त्रिवेणी चोक सम्म पुगेर पर्यटनलाई स्वागत गरिएको छ । त्रिवेणी चोकमा स्वागत गरिसकेपछि झाँकि सहित मयुर नाँच देखाउँदै बाल मन्दिरको प्राङगणमा प्रवेश गराइएको थियो । पर्यटन संरक्षण केन्द्र रुकुम पश्चिमले पनि पर्यटकलाई मनोरञ्जन दिन, रुकुमको संस्कृृतिको पहिचान, मयुर नाँच र पञ्चेबजा प्रर्दशन गरिएको बताएको छ । ७ जना इटालियन विदेशि पर्यटकसँगै ४ जना नेपाली नागरिक रुकुम पश्चिम र पूर्वको लागि ११ दिनको भ्रमणमा आएका छन । रुकुम पश्चिम बाँफिकोटमा रहेको स्यार्पू  ताल अबलोकन गर्दै  रुकुम पूर्वको कमलताल अन्य विभिन्न पर्यटकीय स्थलको अवलोकन गरिने पर्यटनले बताएका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News