मुसिकोटमा सन्चालित आधारभूत तह कक्षा ८ को परिक्षा थप मर्यादित बनाईने
64x64
२०७८ चैत्र ३० बुधबार प्रेसपालिका संवाददाता
98 Views

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा आधारभूत तह कक्षा ८ उत्तिर्ण परिक्षा समितिको बैठक सम्पन्न भएको छ । बैठकले गत चैत २८ गतेदेखि सञ्चालित नगर स्तरीय बार्षिक परिक्षा २०७८ लाई थप मर्यादित र ब्यबस्थीत बनाउन नगरपालिका र परिक्षा समितिका पदाधीकारीहरुबाट परिक्षाको अनुगमन गर्ने भएको हो ।
साथै बैठकले कक्षा ८ को उत्तरपुस्तिकालाई बिद्यालयमा परिक्षण गरि समपरिक्षणका लागि नगरपालिकामा पठाउने र नगरपालिकाले समपरिक्षण गर्दा त्रुटी भेटिएमा सोहि बिद्यालयका सम्बन्धित बिषयका परिक्षकलाई बोलाई त्रुटी भेटिएका कक्षा र बिषयका सबै उत्तरपुस्तिका पुनः परिक्षण गर्न लगाउने लगायतका निर्णय गरेको छ ।
बैठकमा आधारभूत तह कक्षा ८ उत्तिर्ण परिक्षा समितिका सबै पदाधीकारीहरुको सहभागिता रहेको थियो ।
परिक्षा समितिका संयोजक एबं नगर प्रमुख देविलाल गौतमको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |