मुसिकोटमा बस दुर्घटना १४ जना घाईते
64x64
२०७८ चैत्र २४ बिहिबार प्रेसपालिका संवाददाता
161 Views

रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको सिम्लीबाट काठमाण्डौं गइरहेको बस दुर्घटनामा परेको छ । बा ३ ख ९६६५ नम्बरको बस मुसीकोट नगरपालिका ७, किटनीमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले १४ जना यात्रु सामान्य घाइते भएको र उनिहरुको उद्दार भइसकेको जानकारी दिनुभयो । घाईतेहरुको जिल्ला अस्पताल र मुसिकोटका निजि मेडीकलहरुमा उपचार भैरहेको छ ।

मध्यपहाडी लोकमार्ग भएर दुर्घटना भएको बसमा २२ जना यात्रु सवार रहेको बताइएको छ । ब्रेकको पाइप फुटेपछि चालकले उक्त गाडि भित्तामा ठोकाएका थिए । घटनापछि जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णु सोती लगायतको टोली घटना स्थल पुगेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |