मुसीकोट नगरपालिकाका ४ वटा वडामा बाख्रा वितरण
64x64
२०७८ चैत्र २४ बिहिबार प्रेसपालिका संवाददाता
200 Views

नेपाल ख्रिष्ट्रियन राहात सेवाले रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका ४ वटा वडाका किसानलाई बाख्रा वितरण गरेको छ । वडा नम्वर ७, ८, १० र ११ का किसानलाई बाख्रा वितरण गरिएको हो । चार वटा वडामा रहेका सिमान्तकृत, विपन्न, गरिव किसानलाई बाख्रा वितरण गरिएको नेपाल ख्रिष्ट्रियन राहात सेवाका स्थानीय परिचालक सुर्यप्रकाश शर्माले जानकारी दिनुभयो ।

चार वटा वडाका एक/एक कृषक समुहका सदस्यलाई बाख्रा बितरण गरिएको हो । एक किसानलाई २ वटाका दरले ५० किसानलाई १ सय बाख्रा वितरण गरिएको स्थानीय परिचालक शर्माले जानकारी दिनुभयो । आज बाख्रा पाएका समुहका किसानको लागि प्रत्येक समुहमा बोयर जातको बोका वितरण गरिने छ । एक समुहलाई एउटा बोका बितरण गरिने बताईएको छ ।

बाख्रा पालनको लागि राम्रो सम्भावना भएको वडाहरुमा किसानको आर्थिक स्तर उकास्नको लागि बाख्रा वितरण गरिएको संस्थाले बताएको छ । नगर उपप्रमुख प्रेमकुमारी सुनारले किसानलाई बाख्रा हस्तान्तरण गर्नुभएको हो । त्यस्तै बाख्रा वितरण कार्यक्रममा मुसीकोट नगरपालिका पशु शाखा प्रमुख सरस्वती सापकोटा, नेपाल ख्रिष्ट्रियन राहात सेवाका जिल्ला कार्यक्रम संयोजक सेतलाल सुनार, पशु प्राविधिक राम बहादुर बिसी ,एन एल जी ईन्सुरेन्स रुकुम पश्चिम शाखा प्रमुख मोहन बिसी लगायतको आतिथ्यता रहेको थियो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News