रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा टाईफाईड रोग बिरुद्दको अभियान बारे जिल्ला स्थित क्रियाशिल पत्रकारहरु संग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय रुकुम पश्चिमले नियमित खोपमा टाइफाइड खोपको सुरुवातबारे पत्रकारहरुसँग अन्तरक्रिया गरेको हो ।
टाइफइड खोप अभियानबारे जानकारी गराउँने, सामुदायीक पहुँचमा बृद्धि गर्ने र स्वास्थ्य सेवा कार्यालयले दिदै आएको विभिन्न सेवाहरुबारे जानकारी दिने उद्धेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर कृष्णा खड्काले जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य अधिकृत कालिबहादुर ओलीले टाइफाइड रोग, यस बिरुद्धको खोप अभियान, विश्व तथा नेपालमा खोप र टाइफाइडको अवस्था, महत्व तथा आवश्यकताबारे प्रस्तुति राख्नुभएको थियो ।
यहि चैत २५ गतेदेखि बैशाख २ गते सम्म टाईफाईड रोग बिरुद्द रुकुम पश्चिममा खोप अभियान सञ्चालन गरिने बताएको छ ।
जिल्लामा ३७५ खोप केन्द्र रहने, खोप दिने स्वास्थ्यकर्मी ४८२ जना हुने र खोप पाउँनुपर्ने अनुमानित जनसंख्या ४५ हजार ८७५ रहेका जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयले संचालन गरेका बिभिन्न कार्यक्रमहरुको बारेमा पनि जानकारी गराईएको थियो । स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णुबहादुर बुढाथोकीले खोप लगाउनमा कोहि नछुटुन भनेर जानकारी प्रदान गरिएको, तालिम सञ्चालन गरिएको, अन्तरक्रिया गरिएको बताउँनुभयो । खोप अभियान १५ महिनादेखि १५ बर्ष मूनिका बालबालिकालाई लगाईने छ ।