मुसिकोटमा योजना तर्जुमा प्रक्रिया सम्बन्धि अभिमुखीकरण कार्यक्रम शुरु
64x64
२०७८ चैत्र १८ शुक्रबार प्रेसपालिका संवाददाता
177 Views

रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा स्थानीय तहको योजना तर्जुमा प्रक्रिया र दिगो विकासका लक्ष्यहरुको स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । प्रदेश सुशासन केन्द्र कर्णाली प्रदेश सुर्खेतको आयोजनामा स्थानीय तहको योजना तर्जुमा प्रक्रिया र दिगो विकासका लक्ष्यहरुको स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको हो । यहि चैत १७ गतेदेखि नगरपालिकाको वडा नम्बर १, खलंगामा शुरु गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन नगर प्रमुख देविलाल गौतमले गर्नु भएको थियो । उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरे, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुन, लेखा अधिकृत नरेन्द्र बिष्ट लगायतको आतिथ्यता रहेको थियो । जिल्लाका ६ वटै पालिकाका बिषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण नगरपालिकाका कानुन अधिकृत ललित बहादुर बुढा र स्थानीय तहको योजना तर्जुमा प्रक्रिया र दिगो विकासका लक्ष्यहरुको स्थानीयकरणका स्वतन्त्र बिज्ञ प्रेमबहादुर ओलीले गर्नु भएको छ । कार्यक्रम आगामी चैत १९ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News