रुकुम पश्चिमको चौरजहारी नगरपालिका १२ मा रहेको जनकल्याण मावि सानाखाेलामा विद्यालयकाे भवन उद्घाटन गरिएको छ । १० र अर्को ४ गरी १४ कोठे भवनको उद्घाटन गरिएको हो । नगरप्रमुख विशाल शर्मा, उपप्रमुख राधा रोका, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टिकाजंग ओली पार्टी प्रतिनिधि लगाएतले भवनको उद्घाटन गरेका हुन् ।
१ करोड ५० लाख लगानीमा १४ काेठे भवन निर्माण भएका हुन् ।भौतिक संरचना अभावमा समस्या झेलिरहेको विद्यालयलाई अब सहज हुने प्रधानाध्यापक झुपलाल शर्माले बताउनुभयो । विद्यालयका लागि अँझै ५ कोठे भवन आवश्यक रहेको शिक्षाक बिनाेद शर्मा ले बताउनु भयाे । ल्याब, पुस्तकालय र ऐच्छिक विषय अध्यापनका लागि थप कोठा आवश्यक भएको शर्माले बताउनुभयो । नगरप्रमुख विशाल शर्माले टिनका छानामुक्त विद्यालय बनाउने अभियान अन्तिम चरणमा रहेको बताउनुभयो । विकासको मुल आधार शिक्षा नै रहेकाे बताउनु भयाे ।
विद्यालयमा ४५०जना विद्यार्थीहरु अध्ययनरत रहेका छन । समस्या झेलिरहेको विद्यालयलाई अब सहज हुने प्रधानाध्यापक झुपलाल शर्माले बताउनुभयो साथै नगरपालिका तथा जनप्रतिनिधिलाई धन्यवाद समेत दिनुभएकाे छ । पठन पाठन र अरु कार्य सम्पादनका लागि अब सहज हुने शर्माको भनाई छ । कार्यक्रमकाे अध्यक्षता शिक्षक अभिभावक संघ अध्यक्ष चन्द्र बहादुर नेपालीले गर्नुभएकाे थियाे भने उक्त कार्यक्रमकाे सञ्चालन शिक्षक कृष्ण प्रशाद जैसीले गर्नुभएको थियोे ।