रुकुम पश्चिमबाट १ लाख ४४८२ मतदाताले मतदान गर्न पाउने
64x64
२०७८ चैत्र १४ सोमबार प्रेसपालिका संवाददाता
186 Views

रुकुम पश्चिमबाट १ लाख ४४८२ मतदाताले मतदान गर्न पाउने भएका छन् । जसमा ५२ हजार ७ सय ६७ जना पुरुष र ५१ हजार ७ सय १४ जना महिला मतदाता रहेका छन ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहहरूमध्ये सबैभन्दा धेरै मतदाता जिल्लाको मुसिकोट नगरपालिकामा रहेका छन् । मुसिकोटमा २२ हजार १९७ जना, आठबिसकोट नगरपालिकामा २० हजार ७०८ जना र चौरजहारी नगरपालिकामा १९ हजार १०८ जना मतदाता रहेका छन ।

यस्तै सानीभेरी गाउँपालिकामा १४ हजार ४०६ जना, त्रिवेणि गाउँपालिकामा १४ हजार ३३६ जना र बाँफिकोट गाउँपालिकामा १३ हजार ७२७ जना मतदाता रहेका छन । निर्वाचन आयोगका अनुसार रुकुम जिल्ला मतदान स्थलको संख्या ७३ र मतदाना केन्द्र १३९ रहेका छन निर्वाचन कार्यक्रम रुकुम पश्चिमले जनकारी दिएकाे छ ।रुकुम पश्चिमबाट १ लाख ४४८२ मतदाताले मतदान गर्न पाउने - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News