रेडियो सानीभेरी एफएमकाे भवन शिलान्यास
64x64
२०७८ चैत्र १२ शनिबार प्रेसपालिका संवाददाता
336 Views

रुकुम पश्चिमकाे पुरानो भरपर्दो माध्यम  रेडियो सानीभेरी एफ.एम.१००.८ र ८९.२ मेगाहर्जको भवन शिलान्यास भएको छ । कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो । कर्णाली प्रदेश सरकारको शसर्त अनुदानबाट भवन निर्माण हुन लागेको हो ।मुसीकोट नगरपालिका वडा नम्बर १ खलंगाको कालिकास्थान देखि जिल्ला प्रशासन रोडमा नजिकै निर्माण हुन लागेको भवनको शिलान्यास भएको हो । बजेट कार्यान्वयन मुसीकोट नगरपालिकाले गर्न लागेको हो । रेडियोका प्रवन्धक ध्रुव बिक्रम बुढाथोकीकाे अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवं कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माको प्रमुख र मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गोतमको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्का, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्त शर्मा, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका बिज्ञान, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा रेडियो सानीभेरी संचालक समितिका सदस्य दलबहादुर खड्का लगायतको पनि आतिथ्यता रहेको थियो ।                                                                                                                                  रेडियो सानीभेरी एफएमकाे भवन शिलान्यास - प्रेस पालिकाभवन शिलान्यास गर्दै कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य गोपाल शर्माले पत्रकारिता क्षेत्रलाई राज्यको चौथो अंग भनिए पनि सहयोग हुन नसकेको बताउनुभएको थियो । सरकारले सञ्चार माध्यमलाई सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।त्यस्तै  रेडियो सानीभेरी सूचना सञ्चारको सारथिका रुपमा रहेको उहाँको भनाई थियो । कार्यक्रमको संचालन भने रेडियो सानीभेरीका बजार अधिकृत देवकुमार ओलीले गर्नुभएको थियो ।
रेडियो सानीभेरी एफएमकाे भवन शिलान्यास - प्रेस पालिका

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News