एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
64x64
२०७८ चैत्र १२ शनिबार प्रेसपालिका संवाददाता
250 Views

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा न ९ मा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आ व २०७८÷०७९ को स्वीकृत कार्यक्रम अनुसार शिविरको लागि एक लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

शिविरमा आँखा, कान, चेकजाँच निशुल्क चश्मा बितरण, रगत दिशा पिसाब खकार परिक्षण र अन्य स्वास्थ्य परिक्षण समेत गरिएको हो । .
शिविरमा १५५ जनाले आँखा कान परिक्षण गराएका छन । ४७ जना लाई निशुल्क चश्मा उपलब्ध गराएको छ भने २२ जनामा मोतिबिन्दु देखापरेको वडा अध्यक्ष नबिन ओलीले जानकारी दिनुभयो ।
मोतिबिन्दु देखिएका बिरामिहरुको चैत्र २० र २१ गते सल्ले आँखा अस्पतालमा निशुल्क अपरेसन गर्ने ब्यबस्था मिलाइएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
त्यस्तै ७८ जनाले आफ्नो स्वास्थ्य परिक्षण गराइ निशुल्क रूपमा सेवा प्राप्त गरेका छन ।
९ नम्बर वडा कार्यालयले आयोजना गरेको शिविरमा मनकामना लाइक केयर हस्पिटलका एम बि बि एस डाक्टर यज्ञ प्रशाद बिसी, आखा अस्पताल सल्लेका इन्चार्ज धन बहादुर के सि ,पहल सिङ ओली, स्वास्थ्य चौकी चौखावाङका इन्चार्ज पुस्पजङ मल्ल, मुना पुन ,मन कुमारी ओली र प्रयोगशाला सहितको स्वास्थ्य सेवा केन्द्र झुल्खेतका ल्याब असिस्टेन्ट देबराज महतारा लगाएले सेवा प्रवाह गरेका थिय । शिविरमा वडाका जम्मा २३३ जनाले निशुल्क सेवा प्राप्त गरेका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |