सानिभेरी ८ मा सिम्पानीखोला लाखुरीबोट सडक निर्माण
64x64
२०७८ चैत्र ०७ सोमबार प्रेसपालिका संवाददाता
304 Views

भुपाल ओली:
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ८ को सिम्पानीखोला लाखुरिबोट कृर्षि सडक निर्माण कार्य सम्पन्न भएको छ। सानीभेरी गाउँपालिका वडा नम्बर ८ को आर्थिक वर्ष २०७८/०७९ को ३ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमको ५ लाख बजेट गरी जम्मा ८ लाख बजेट बाट करिब ६ सय मिटर कृर्षि सडक निर्माण गरिएको सिम्पानीखोला लाखुरिबोट कूर्षि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नरबहादुर बिकले जानकारी दिनुभयो ।

सिम्पानीखोला बाट कूर्षि सडक निर्माण भएपछी तल्लो आम्डाडाको तल्लो टोलका बासिन्दालाई सिम्ली आवत जावत गर्न र खेतबारीमा जान सहज हुने भएको छ । कमै बजेटले गर्दा सडकलाई माथिल्लो सडकमा जोड्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष विकले बताउनु भयो । उपभोक्ता समितिका अध्यक्षका अनुसार हाललाई बजेट नभएकाले सडक निर्माण कार्य स्थगित गरिएको र श्रोत उपलब्ध भएमा गाउँ सम्म पुर्याउने लक्ष लिइएको छ । यस वर्ष कतैबाट बजेट उपलब्ध हुन नसकेमा अर्को आर्थिक वर्षको बजेटले गन्तव्यमा पुर्याइने उपभोक्ता समितिले जानकारि दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |