मुुसिकोटमा नेशनल माइक्रोफाइनान्स लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम
64x64
२०७८ चैत्र ०७ सोमबार प्रेसपालिका संवाददाता
84 Views

रुकुम पश्चिमको मुसिकोटमा नेशनल माइक्रोफाइनान्स लघुवित्त संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेशनल माइक्रोफानान्स लघुवित्त संस्था शाखा कार्यालय केन्द्र नम्बर ३८ का केन्द्र अध्यक्ष दिपा डागीको अध्यग्क्षमा गोष्ठी तथा अन्रक्रिया कार्यक्रम भएको हो ।
गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा नेशनल माइक्रोफाईनान्स लघुवित्त संस्थाको परिचय र प्रगति केन्द्रका प्रतिनिधि विष्णु पन्थिले प्रस्तुत गर्नुभएको थियो । शाखा प्रमुख सुशिल बस्नेतका अनुसार पहिले महिला सहयात्रा लघुवित्त संस्थाको स्थापना २०७२ सालमा भएको र हाल २०७८असार ३० गते देखि नेशनल माइक्रोफाईनान्स लघुवित्त वित्तिय संस्था प्राप्ति गरेको बताउनुभयो ।
अहिले संस्थाको कार्यक्षेत्र २ जिल्ला रुकुम पश्चिम र रुकुम पूर्व भएको बताउनुभयो । रुकुम पश्चिमको मुसिकोट नगरपालिका चौरजहारी नगरपालिका वाफिकोट सानिभेरी र त्रिवेणी गाउँपालिकामा संस्था रहेको र रुकुम पूर्वमा सिस्ने र भुमे गाउँपालिका लघुवित्त वित्तिय संस्थाको कार्यक्षेत्र भएको बताउनुभयो ।
रुकुम पश्चिम र पूर्व गरी ९३ केन्द्र संख्या लघुवित्त वित्तिय संस्थाको रहेको बताईएको छ । अहिले संस्थामा १ हजार १सय ६४ सदस्य रहेको ३ जना समुहबाहेक व्यतिगत धितो सदस्य रहेका छन । संस्थाबाट क्रण लिएका ५सय ८३ जना छन । नेशनल माईक्रोफानान्स लघुवित्त वित्तिय संस्थामा ९करोड ९८ लाख ७९ हजार ५४ कर्जा लगानि भएको भएको छ भने संस्थाको वचत १करोड ७१ लाख १९ हजार ६ सय १५ रुपैया वचत रहेको शाखा प्रमुख बस्नेतले बताउनुभयो ।

उत्कृष्ट हुने ४ केन्द्र गिठाकोट महिला सहायता केन्द्र विहानि महिला सहायता केन्द्र गाउँवेशि महिला केन्द्र र त्रिवेणी महिला केन्द्रलाई प्रामाण पत्र वितरण गरिएको छ । तेस्तै उत्कृष्ट वचतकर्ता चम्फा वस्नेत र उत्कृष्ट कर्जा सहुलिएत सरीता पाडे केसीलाई सम्मान गरीएको थियो ।
केन्द्र प्रमुख गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा मुसिकोट नगर प्रमुख देविलाल गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा केन्द्रका प्रतिनिधि विष्णु पन्थि,मुसिकोट नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का वडा अध्यक्ष सुशिल गौतम लगाएत लघुवित्त वित्तिय संस्थामा आवद्ध महिलाहरुको पनी उपस्थिति रहेको थियो । संस्थाका शाखा प्रमुख सुशिल बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी लाल बहादुर ओलिले गर्नुभएको थियो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |