चाैरजहारीमा आज ८ बजेदेखि ६ बजे सम्म बिद्युत सेवा अबरुद्ध हुने
64x64
२०७८ चैत्र ०१ मंगलबार प्रेसपालिका संवाददाता
142 Views

शक्ति बारघरी
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म बिद्युत सेवा अबरुद्ध हुने भएको छ ।

नगरपालिकाको वडा नम्बर १ को नाखिरादेखी वडा नम्बर २ को त्रिवेणि सम्मको बाटोमा परेका पोलहरुलाइ व्यवस्थापन गर्ने भएकोले उक्त लाइन अबरुद्ध हुने भएको हो

बाटोमा अव्यवस्थित बिद्युतका पोलहरुलाइ व्यवस्थित बनाउनको लागि आज बिहान ८ बजेदेखी बेलुका ६ बजेसम्म चौरजहारी नगरपालिकामा बिद्युत सेवा अबरुद्ध हुने नेपाल बिद्युत प्राधिकरण चौरजहारी बितरण केन्द्रले जानकारी गराएको छ ।

त्यस्तै नेपाल बिद्युत प्राधिकरण चौरजहारीले बिद्युतको महशुल नबुझाएका  बिद्युत सेवा ग्राहिहरुको बिद्युत प्रशारण लाइन काटिदिने चेतावनी दिएको छ ।

बिद्युत महशुल तिर्न बाकी बक्यौता रहेका सरकारी कार्यलय देखि सामान्य ग्राहस्थ बर्ग सम्मका कुनै पनि ग्राहकहरुले ३ महिना देखि महशुल नतिरेकोले बिद्युत प्रशारण लाई काटिदिने प्राधिकरणले चेतावनी दिएको हो ।

प्राय नगरपालिका भित्र रहेका सरकारी कार्यलयले बिगत ३ महिनादेखि बिद्युतको महशुल नतिरेको र भोलीदेखि नै बिद्युत प्रशारण लाइन काट्ने अभियान शुरु गर्ने नेपाल बिद्युत प्राधिकरण युनिट कार्यलयका प्रमुख लभदल घर्तिले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |