युवाहरुका लागि मयूर नाच प्रशिक्षण तालिम चाैरजहारीमा सुरु
64x64
२०७८ फाल्गुण ३० सोमबार प्रेसपालिका संवाददाता
92 Views

रुकुम पश्चिम काे चाैरजहारी नगरपालिकामा मयूर नाँचको संरक्षण र युवा पुस्तालाई यस बारे जानकारी गराउन मयूर नाच तालिम सुरु भएको छ । वडा नम्बर ४ मनकोटमा आजबाट तालिम सञ्चालन भएकाे हो।

तालिमको मुख्य प्रशिक्षकमा कुमार घर्ती र सहायक प्रशिक्षकमा प्रान्ता केसी र तेरिया बुढाथोकी रहनु भएको छ । नगरपालिकाको सहयोगमा सहिद स्मृति कला संस्कृति सरक्षण केन्द्रले तालिमको आयोजना गरेको हो । तालिममा नगरपालिकाका सबै वडाबाट १ महिला र १ पुरुष गरी जम्मा ३० जना युवाहरुको सहभागिता रहेकाे सहिद स्मृति कला संस्कृति सरक्षण केन्द्रले जानकारी दिएकाे छ । उक्त तालिम ७ दिन सम्म चल्ने छ । चाैरजहारी नगरपालिकामा सिंगारु, पैसेरु र दमाहा नाचको प्रशिक्षण पनि चलिरहेको छ । वडा नम्बर १२काे साना खोलामा पनि तालिम सञ्चालन भैरहेकाे छ । युवा पुस्तालाई पुराना रितिरिवाज र पहिलेकाे सांस्कृतिलाई जाेगाउन र संस्कृति प्रति आकर्षित गर्ने उदेश्यले प्रशिक्षण संचालन गरिएको नगरपालिकाले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |