शक्ति वारघरी : दुवै मृगौलामा समस्या देखिएपछि कोहलपुरको मेडिकलेजमा उपचारत रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ जगत सार्कीको उपचारमा आर्थिक अभाव हुन थालेपछि परिवारले सहयोगको अपिल गरेको छ।
सार्की विगत १ बर्ष देखी दुवै मृगौलामा समस्या भएपछि उपचारको लागी ठुलो रकम आवश्यक पर्ने भएकोले परिवारले आफना शुभचिन्तकहरुलाई सहयोगको अपिल गरेका हुन ।
परिवारिक स्रोतका अनुसार आफ्नो भए जतिको सम्पत्ति र बाहिर बाट ऋण साहु गरेर ल्याएको पैसा पनि सबै सकिएकोले उपचार खर्च जुटाउन मुस्किल भएको छ । सार्कीकाे अबस्थाम भने झन झन जटिल हुँदै गएकाे हस्पिटलले बताएको छ ।
उपचारमा सहयोग गर्न चाहने मनकारीहरूले शुभचिन्तक व्यक्तिहरुले उहाको खातामा केही रकम जुटाइ दिनुहुन अपिल गरिएको छ ।
प्रत्येक हप्तामा मृगौला डाइलाशिस गर्ने भएकोले उपचार खर्च जुटाउन निकै अफ्ट्यारो भएको सार्कीकी श्रीमती मनकुमारी नेपालीले बताउनु भयो ।
नेपालीको नेपाल राष्ट्रिय बैंक चौरजहारीमा रहेको खाता नम्बर ४३३०१००००५०६००१० मा केही रकम जुटाइ दिनुहुन सबैलाइ आग्रह गरिएको छ ।
खाता नम्बर ४३३०१००००५०६००१०
सम्पर्क फोन नम्बर ९८४४८७७४५४