त्रिवेणीमा ५ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सुरु
64x64
२०७८ फाल्गुण २६ बिहिबार प्रेसपालिका संवाददाता
223 Views

रुकुम पश्चिमको त्रिवेणी गाऊपालिकामा ५ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सुरु भएको छ ।
प्रेस सेन्टर नेपाल त्रिवेणी गाऊपालिका रुकुम पश्चिमको आयोजना र त्रिवेणी गाऊपालिकाको आर्थिक सहयोगमा तालिम सुरु भएको हो।
एक वडा एक पत्रकार ऊत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको प्रेस सेन्टर नेपाल त्रिवेणी गाऊपालिका अध्यक्ष कुबेर ओलीले जानकारी दिनुभयो । तालिम आगामी फाल्गुन ३० गते सम्म सन्चालन हुने आयोजकले बत्ताएको छ ।

५ दिन सम्म सन्चालन हुने तालिमको जिल्ला सम्मवन्य सदस्य टेक बहादुर ओलीले मैन बत्ति बालि ,ब्यानर पढेर ऊद्घाटन गर्नुभएको थियो ।
प्रेस सेन्टर नेपाल त्रिवेणी गाऊपालिका अध्यक्ष कुबेर ओलिको अध्यक्षतामा सुरु भयको उद्घाटन समारोहमा, जिल्ला समन्वय समिति सदस्य टेक बहादुर ओली,नेकपा माओवादी केन्द्र त्रिवेणी गाऊपालिका अध्यक्ष गणेश बहादुर खड्का,वाइसिएल नेपालका जिल्ला ईन्चार्ज लक्ष्मण ओली, पार्टी सचिव,चन्द्रबहादुर खड्का, त्रिवेणी गाऊपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुन लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रमको सन्चालन प्रेस सेन्टर नेपाल त्रिवेणी गाऊपालिका सचिव गोपाल ओलीले गर्नुभएको थियो। ।त्रिवेणीमा ५ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सुरु - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News