चाैरजहारी १२ मा नारी दिवसकाे अवसरमा जयन्ती थापाले असाहाय र टुहुरा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
64x64
२०७८ फाल्गुण २४ मंगलबार प्रेसपालिका संवाददाता
188 Views

प्रकाश डांगी : जनकल्याण माविमा जयन्ती थापाको सहयोगमा असाहाय र टुहुरा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण          चौरजहारी नगरपालिका  वडा नम्बर  १२ को जनकल्याण माध्यामिक विद्यालय सानाखोला मा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस को अवसरमा असाहाय र टुहुरा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

दैलेखको जहारकोटमा जन्म तथा रूकुम पश्चिम को आठविसकोट मा कर्म घर भई हाल अमेरिकामा रहनु भएकी जयन्ती थापाले १५ हजार आर्थिक सहयोग गर्नु भएको थियो ।उक्त
रकम बाट १० जना असाहाय र टुहुरा विद्यार्थी लाई कापी, कलम,झोला,ज्यामिति र माक्स वितरण गरिएको छ। प्रत्यक कक्षा बाट १/१ जना समेटिने गरी १० जनालाई शैक्षिक सामग्री वितरण गरिएको हो।

उहाँ विगत १४ बर्ष देखि समाज सेवामा लाग्नु भएको र गत वर्ष पनि जनकल्याण मावि सानाखोला लाई सहयोग गर्नु भएको थियो ।

उक्त रकम बाट छात्रा लाई र यस वर्ष असाहाय र टुहुरा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको कुरा सोही विद्यालयका शिक्षक विनोद कुमार शर्माले जानकारी गराउनु भयो।

गीता रोका, टोप वहादुर ओली,हरी बहादुर नेपाली, बिबेक अधिकारी,गोविन्द परियार, ईश्वरी शर्मा, देपेन्द्र खत्री,तिलक सार्की ,मुना के सी र दीपक डाँगी लाई शैक्षिक सामग्री हस्तन्तरण गरिएको हो।

चौरजहारी नगरपालिका १२ का वडा अध्यक्ष टीकाराम ओलिको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक झुपालाल शर्मा ,सहायक प्रधानाध्यापक कृष्ण प्रसाद शर्मा, शिक्षक अभिभावक संघ का अध्यक्ष चन्द्र बहादुर
नेपाली , शिक्षक कृष्ण प्रसाद जैसी,विनोद कुमार
शर्मा , बेलमता आचार्य लगायतको उपस्थिति रहेको
कार्यक्रम को सञ्चालन भने शिक्षिका लीला कुमारी शर्मा ले गर्नु भएको थियो।चाैरजहारी १२ मा नारी दिवसकाे अवसरमा जयन्ती थापाले असाहाय र टुहुरा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News