१ सय १२ औ अन्तर्राष्ट्रिय महिला दिवस चौरजहारीमा विभिन्न कार्यक्रम गरि मनाइने
64x64
२०७८ फाल्गुण २३ सोमबार प्रेसपालिका संवाददाता
231 Views

शक्ति बारघरी
१ सय १२ औ अन्तर्राष्ट्रिय महिला दिवस रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा विभिन्न कार्यक्रम गरि मनाइने भएको छ ।
चौरजहारी नगरपालिकाको सामाजिक समितिको फाल्गुन २२ गते आइतबार बसेको बैठकको निर्णय अनुसार बिगतका बर्ष झै यो बर्ष पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरि मनाइने भएको हो ।

महिला दिवसको अवसर पारी चौरजहारी नगरपालिका अन्तरगत १४ वटै वडालाई लक्षित गरी नगरपालिकाले ४ हजार बजेट विनियोजन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत सीता थापाले जानकारी दिनु भयो ।

महिला हिंसा विरुद्धका विभिन्न चतेनामुलक कार्यक्रम गरी व्यापक सहभागिता जुटाइ भव्य रुपमा महिला दिवस मनाउनु हुन नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।१ सय १२ औ अन्तर्राष्ट्रिय महिला दिवस चौरजहारीमा विभिन्न कार्यक्रम गरि मनाइने - प्रेस पालिकाअधिकृत थापाका अनुसार नगरका १४ वटै वडामा व्यानर नगरपालिका बाटै व्यवस्था गरिएको र महिला दिवस सम्पन्न पश्चात् आवश्यक कागजात विल भर्पाइ पेश गरेपछी नगरपालिका बाट रकम भुक्तानी गरिने छ । १ सय १२ औ अन्तर्राष्ट्रिय महिला दिवस तथा सामाजिक न्याय र समानता दिगो बिकासको सुनिश्चितता भन्ने राष्ट्रिय मुल नाराका साथ प्रत्येक बर्ष मार्च ८ तारीखका दिन बिश्वभर महिला हिंसा विरुद्धका चेतनामूलक कार्यक्रम गरी अन्तर्राष्ट्रिय  महिला दिवस मनाउने गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News