चौरजहारी नगरपालिकाकाे सहयोगमा ६ सय मिटर पाईप उपलब्ध
64x64
२०७८ फाल्गुण १८ बुधबार प्रेसपालिका संवाददाता
151 Views

शक्ति बारघरी
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ६ सय मिटर पाईप उपलब्ध गराएको छ ।
चौरजहारी नगरपालिका वडा नम्बर २ को   रुकुमे गाउँ टाटाटोलमा विस्तार गरेको पाइप लाइनमा समस्या आएपछि नगरपालिकाले उक्त पाईप उपलब्ध गराएको हो ।
टोलमा खानेपानी आयोजनाले विस्तार गरेको पाइप लाइन बाट कुनै धारामा पानी जाने र कुनै धारामा पानी नजाने समस्या आएपछि विज्यश्वरी चौरजहारी सुख्खा खानेपानी संस्थाले खानेपानी निर्माण कन्ट्रक्शन सिएवि र कर्णाली प्रदेश खानेपानी विभाग संग पाईपको माग गरे पनि माग पुरा नभएपछि नगरपालिकाले ६ सय मिटर पाईप उपलब्ध गराएको खानेपानी संस्थाका अध्यक्ष तेज बहादुर बटाला जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्र चौरजहारी नगर समिति सचीव वीर बहादुर राना र खानेपानी प्राबिधिक बालाराम नेपाली लगायतको पहलमा उक्त पाईप नगरपालिकाले उपलब्ध गराईदिएको अध्यक्ष बटालाले बताउनुभयो ।
नगरपालिकाले पाईप ऊपलब्ध गराएसंगै पाईपलाईन बिस्तारको काम सुरु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News