मुसिकोट ७ मा सिचाईको लागि १५ सय मिटर लामो नहर कुलो बन्दै
64x64
२०७८ फाल्गुण १८ बुधबार प्रेसपालिका संवाददाता
244 Views

राजेश गिरी : रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ मा घट्टेखोला,गोतलिबाङ नहरकुलो सिचाई आयोजनको निमार्ण कार्य भैरहेको छ । कर्णालि प्रदेश सरकारको ५० लाख लगानिमा १५०० मिटर लामो कुलो बन्न लागेको हो ।
खेतियोग्य जमिनमा सिचाई सुविधा पुर्याऊने उद्देश्यले नहर निमार्ण गर्न लागेको निमार्ण उपभोक्ता समिति सचिव प्रबिन पाण्डेले जानकारी दिनुभयो । नहर निमार्ण भैसकेपछि वडा नम्बर ७ का चेत्रेखोला,गोतलिबाङ,फेचङ र लाङसिबाङ टोलका किसानहरुले सिचाई सुविधा पाउने छन् ।
योजना निमार्ण हुदा करिब ८/९ हेक्टर खेतियोग्य जमिनमा सिचाई सुविधा पुग्ने अनुमान गरिएको सचिव पाण्डेले बत्ताउनुभयो । नहरकुलो निमार्ण भैसकेपछि मौसमी,बेमौसमी,ताजा तरकारी उत्पादनका साथै फलफुल अन्नबालिमा सिचाई सुविधा सहज हुने र सोचे जति उत्पादन हुने उपभोक्ता दुर्गा गिरीले बत्ताउनुभयो ।
सिचाई सुविधा नहुदा बाँझा जमिनमा खेति गर्न सकिने भन्दै कृषकहरुमा खुसि छाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News