सानिभेरी ३ मा नेतृत्व विकास सम्बन्धि १ दिने अभिमुखिकरण तालिम सम्पन्न
64x64
२०७८ फाल्गुण १७ मंगलबार प्रेसपालिका संवाददाता
138 Views

रुकुम पश्चिमको सानीभेरी गाँउपालिकाले युवाहरुको लागि नेतृत्व विकास सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सानीभेरी गाँउपालिका वडा नम्बर ३ पेदी बजारमा कार्यक्रम सम्पन्न भएको हो । सानीभेरी गाउपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा सृजनशिल युवा क्लबको आयोजनामा वडाका युवाहरुका लागि नेतृत्व विकास सम्बन्धि कार्यक्रम गरीएको हो ।
नेतृत्व कसरी गर्ने, नेतृत्वमा हुनुपर्ने गुण, युवा क्षमता ,स्थानीय बिकास निर्माण मा युवाको भुमिका कस्तो रहने, सुचना संन्चार मा युवाको भुमिका लगाएत बिषयमा सहभागिहरुलाई प्रशिक्षित गराईएको थियो । कार्यक्रममा वडाका ५० जना भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

समाजको खम्बाका रुपमा रहेका युवाहरुको क्षमता विकासका लागि कार्यक्रमको आयोजना गरिएको वडाअध्यक्ष विर्खबहादुर बिष्टले जानकारी दिनुभयो । युवाहरु सक्षम र सकारात्मक नभै समाजको विकास र समाज परीवर्तन को सम्भावना नरहेको र युवानै अबको समाजको नेतृत्व भएकाले युवाहरुको नेतृत्व विकास गर्न आवश्यक ठानेकाे बिष्टको भनाई छ ।

युवाहरु अब जाग्नुपर्ने र समाजको नेतृत्व अब युवाहरुले नै गर्नुपर्ने र यसका लागि आफ्नो गाउँ ठाउँमा हुने सम्पूर्ण विकास निर्माणमा सँगसँगै समाजको नेतृत्व युवाहरुले गर्नुपर्ने वडा नम्बर ३ का पार्टी अध्यक्ष गणेश चिन्तनले बताउनु भयो ।

कार्यक्रमको सहजिकरण सानीभेरी गाउँपालिकाका बाल अधिकार अधिकृत मानविर ओली, पत्रकार मनिष खड्का र कानुन शिक्षक अभिमान बिष्टले गर्नुभएको थियो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News