सानिभेरीमा २७ औं सहिद सप्ताह बिभिन्न कार्यक्रम गरी मनायो।
64x64
२०७८ फाल्गुण १६ सोमबार प्रेसपालिका संवाददाता
185 Views

खिम वहादुर ओली :२७ औँ सहिद सप्ताह बिशेष कार्यक्रम आज सानिभेरी गाउँपालिका वडा नम्वर ३को सुर्योदय मावि बेल्टापुमा बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेकपा माओवादी केन्द्र आवद्ध बिद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी सानीभेरी गाउँपालिकाले सम्पुर्ण प्रगतिशिल, देशभक्त, बामपन्थी तथा जनवादी विद्यार्थीहरु एक हौऔ । भन्ने नाराका साथ । सहिद सप्ताहको अबसरमा मावि स्तरीय हाँजिरी जवाफ प्रतियोगिता, हिज्जे, लोक गित र देश परिवर्तनमा जनयुद्धको भुमिका बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएका छन् ।

जस अनुसार देश परिवर्तनमा जनयुद्धको भुमिका बिषयक वक्तृत्वकला प्रतियोगितामा सूर्याेदय माबिमा अध्ययरत छात्रा बिनिता पुन प्रथम, राप्ति ज्ञानोदय माबि सिम्लीमा अध्ययनरत छात्रा सपना ओली दोस्रो र सोही बिद्यालयमा अध्ययनरत छात्र कमल बिसी तेस्रो स्थान ल्याउन सफल भएका हुन् । भने लोक गित प्रतियोगिातमा राप्ति ज्ञानोदय माबि सिम्ली प्रथम, सूर्याेदय माबि बेल्टापु दोस्रो र भेरीदोभान माबि चाइनाबगर तेस्रो स्थान प्राप्त गरेको छन् ।

त्यस्तै मावि स्तरीय हाँजिरी जवाफ प्रतियोगितामा राप्ति ज्ञानोदय माबि सिम्ली प्रथम, जनप्रिय माबि हाँसिबाङ दोस्रो र सूर्याेदय माबि बेल्टापु तेस्रो भएका छन् । हिज्जेमा सानीभेरी माबि बलिबाङ प्रथम, राप्ति ज्ञानोदय माबि सिम्ली दोस्रो र सूर्याेदय माबि बेल्टापु तेस्रो स्थान ल्याउन सफल भएका छन। बिभिन्न बिद्यामा स्थान ल्याउने बिद्यार्थिहरु लाई पुस्कृत गर्ने बिद्यार्थि प्रदेश कमीटी सदस्य राम बहादुर विष्टले बताउनु भयो उहाँका अनुसार कार्यक्रमको समापन आज सानिभेरी ९सिम्लीमा हुदैछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News