५ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सुरू हुँदै मुसिकाेटमा ।
64x64
२०७८ फाल्गुण ११ बुधबार प्रेसपालिका संवाददाता
161 Views

रूकुम पश्चिमको मुसीकोट नगरपालिकामा ५ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सुरू भएको छ । प्रेस सेन्टर नेपाल मुसीकोटले आयोजना र नगरपालिका काे सहयोगमा तालिम सञ्चालन  हो । मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएकाे थियोे  ।

उद्घाटन गर्दै नगर प्रमुख गौतमले स्थानीय सरकारले गरेका राम्रा कामहरू प्रचारप्रसार जोड दिनुभयो । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रचार विभाग सदस्य तथा पार्टीका कर्णाली प्रदेश सदस्य गोविन्द रोकाले सबैमा नागरिकहरूको बोली पत्रकारिता बन्नुपर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्र मुसीकोट नगर समितिका अध्यक्ष धिरन शिर्पाली विमर्शले पनि उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रेस सेन्टर नेपाल मुसीकोट नगरपालिकाका अध्यक्ष दिपेन्द्र महताराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता गोप्यश्वर केसी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यहरू ध्रुबविक्रम बुढाथोकी, मेगराज खड्का, प्रेस सेन्टर जिल्ला समन्वय समिति रूकुम पश्चिमका अध्यक्ष हरि गौतम, प्रेस सेन्टरका पूर्व कर्णाली प्रदेश सदस्य धनकुमार शाही, पालिका अध्यक्षहरू अन्य संञ्चारकर्मि पत्रकार लागाएकाे पनि आतिथ्यता रहेको थियो ।

प्रेस सेन्टर मुसीकोटका कोषाध्यक्ष खिमला पुनको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव लोकेन्द्र कठायतले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News