खिमला पुन :
रुकुम (पश्चिम् ) को सदरमुकाम मुसिकोट, खलंगामा मसाल जुलस निकालिएको छ । MCC विरुद्धको परियोजनाका विरुद्धमा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी ) र नेकपा निकट अखिल ( क्रान्तिकारी )तथा नेकपा समाजबादी निकट अखिल (क्रान्तिकारी ) तीन समूहले सयुक्त रुपमा मसाल जुलुस प्रदर्शन गरेको हुन ।
प्रदर्शनकारिले MCC खारेज गर , MCC Go back, रास्ट्रिय स्वाधिनताको रक्षा गरौ,अमेरिकी साम्राज्यवाद मुर्दावाद, जस्ता नाराहरु लगाउदै खलंगा को मठबाट सुरु भयको जुलुस पुस्पलाल चोक आयर कोण सभामा परिणत भयको नेकपा (माओवादी केन्द्र ) निकट अनेरास्ववियु (क्रान्तिकारी ) का जिल्ला अध्यक्ष नारायण केसि ले जानकारी गराउनु भयको हो ।
पुस्पलाल चोकमा स्थित योजना कोणसभा लाई अनेरास्ववियु (क्रान्तिकारी ) का जिल्ला अध्यक्ष , नारायण केसि , नेकपा समाजबादी निकट , अनेरास्ववियु का उपाध्यक्ष भावना शर्मा, तेस्तै नेकपा निकट अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष ले सोमपाल कामी ले सम्बोधन गर्नु भयको थियो ।