मतदाता परिचयपत्र हराएकाले फागुन २० गते सम्म निवेदन दिए नयाँ पाउने
64x64
२०७८ फाल्गुण ०७ शनिबार प्रेसपालिका संवाददाता
133 Views

प्रेसपालिका संवाददाता
निर्वाचन आयोगले मतदान परिचयपत्र हराएको भए नयाँ लिनका लागि सूचना निकालेको छ । परिचयपत्र हराएको भए मतदाता नामावली रहेकै जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने छ । सम्बन्धित वडाको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएपछि नयाँ परिचयपत्र प्रदान गर्न सकिने आयोगले जनाएको छ ।

परिचयपत्र लिनका लागि जिल्ला निर्वाचन कार्यालयमा यही फागुन २० गते सम्म निवेदन दिनुपर्ने छ । रुकुम पश्चिमको हकमा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुपर्नेछ । आफ्नो वडाको सिफारिस सहित निवेदन दिन जिल्ला निर्वाचन कार्यालयले पनि अनुरोध गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News