चाैरजहारीमा खेलकुद प्रतियोगिता कार्यक्रम सम्पन्न।
64x64
२०७८ फाल्गुण ०७ शनिबार प्रेसपालिका संवाददाता
264 Views

शक्ति बारघरी
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा हिजो पहिलो चरणको खेलकुद प्रतियोगिता कार्यक्रम संम्पन भएको छ ।

शिक्षा युबा तथा खेलकुद शाखा चौरजहारी नगरपालिका रुकुम पश्चिमले आयोजना गरेको खेलकुद प्रतियोगिता कार्यक्रम नगरको वडा नम्वर ७ मा अवस्थित ज्ञानकुञ्ज आधारभुक्त विद्यालयमा सम्पंन भएको हो ।

हिजो भएको पहिलो चरणको खेलकुद प्रतियोगितामा १ देखी ९ नम्बर वडाका आधारभूत र निम्न माध्यमिक तह स्तरिय विद्यार्थीहरुको हाजिरी जवाफ र रिले दौडमा २० वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

आधारभुत्त बिद्यालय तर्फ हाजिर जवाफ प्रतियोगितामा माद्यामिक बिद्यालय खहरेले प्रथम स्थान हासिल गरेको छ भने दृतिय स्थान आधारभुत्त बिद्यालय मनकोटले हात पारेको छ । त्यस्तै तृतीय स्थान आधारभूत बिद्यालय नाखिराले हात पार्न सफल भएको छ ।

निम्नमाध्यमिक तह हाजिर जवाफ प्रतियोगितामा शितल उच्च माद्यामिक बिद्यालय,शरश्वती एडभान्स र बाल बिद्या सदन क्रमशः प्रथम,दृतिय,र तृतीय स्थान हासिल गरेका छन ।

त्यस्तै २ इन्टु ४ सय मिटर रिले दौड प्रतियोगितामा निम्नमाध्यमिक बिद्यालयका छात्र तर्फ प्रथम स्थान शितल उच्च माद्यामिक बिद्यालयले हात पार्न सफल भएको छ भने दृतिय स्थानमा कालिका आधारभूत बिद्यालय लैयाटाले हात पारेको छ ।
त्यस्तै आधारभुत बिद्यालय स्यालखोलाले तृतीय स्थान हासिल गरेको छ ।
छात्रा तर्फ १ इन्टु ४ सय मिटर रिले दौड प्रतियोगितामा
माद्यामिक बिद्यालय कोटजहारी, आधारभूत बिद्यालय मनकोट,र आधारभूत बिद्यालय बिज्यस्वरी क्रमशः प्रथम,दृतिय, र तृतीय स्थान हासिल गरेको चौरजहारी शिक्षा शाखाले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा सभा अध्यक्ष ज्ञानकुन्ज आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ससिराम बस्याल, प्रमुख अतिथि नगर प्रमुख राधा रोका वडा नम्बर ७वडा अध्यक्ष इन्द्र लाल शर्मा लगायत विभिन्न बिद्यालयका शिक्षक हरुको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन चौरजहारी नगरपालिकाका शिक्षा शाखाका प्रमुख टिका जंग ओलीले गर्नुभएको थियो

त्यस्तै दोस्रो चरणको खेलकुद प्रतियोगिता फाल्गुन १३ गते हिमालय माध्यमिक विद्यालय खोलागाँउमा वडा नम्वर ६,१०,११,१२,१३,र १४ का आधारभुत विद्यालयहरुलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन हुने चौरजहारी नगर शिक्षा शाखाका प्रमुख टिका जंग ओलीको हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

त्यस्तै फाल्गुन २० गते शीतल माध्यमिक बिद्यालयमा १ देखि १४ नम्बर वडा सम्मका माध्यामिक तह स्तरिय ९ देखि १० कक्षा सम्मका छात्रछात्राहरुको लागि हाजिरी जवाफ प्रतियोगिता हुने शिक्षा शाखाले बताएको छ ।चाैरजहारीमा खेलकुद प्रतियोगिता कार्यक्रम सम्पन्न। - प्रेस पालिका

फाल्गुन २७ र २८ गते हिमालय माध्यमिक बिद्यालय खोला गाउँमा माध्यामिक तह स्तरिय ९ देखि १२ कक्षा सम्मका छात्र हरुको लागि भलिबल प्रतियोगिता हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News