त्रिबेणिमा च्याऊ ऊत्पादन तालिम सम्पन्न
64x64
२०७८ फाल्गुण ०६ शुक्रबार प्रेसपालिका संवाददाता
245 Views

प्रेसपालिका संवाददाता
रुकुम पश्चिमको त्रिबेणि गाउँपालिकामा सीप विकास तथा रोजगार सिर्जना कार्यक्रम अन्तर्गत २१ दिने च्याऊ ऊत्पादन तालिम सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको आर्थिक सहयोगमा त्रिवेणी गाऊपालिका १० गैरीखेतमा तालिम सम्पन्न भएको हो ।
“सीप सिकौ, आत्मनिर्भर बनौ” भन्ने उदेश्यले संञ्चालन गरिएको तालिममा ९ जना पुरुष र १३ जना महिला गरी जम्मा २२ जनाको सहभागिता रहेको थियो ।
स्वदेशमै रोजगारी को सृजना गर्ने र बचेको खालि समय सदुपयोग गराऊने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो । समापन कार्यक्रममा बोल्दै उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालयका निमिक्त प्रमुख धरनिधर केसिले यस्ता सीप मुलक व्यवसायिक तालिम पुन: सञ्चालन गर्ने र यस्ता खालका कार्यक्रमहरु लाई निरन्तरता दिईराख्न उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालय तयार रहेको बताउनुभयो । तालिममा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।। समापन कार्यक्रमको अध्यक्षता उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमका निमित्त कार्यलय प्रमुख धरनिधर केसी गर्नुभएको थियो ।भने सन्चालन कार्यलका सहायक चौथो मोहन खड्काले गर्नुभएको थियो।
२१ दिन सम्म सन्चालन भएको च्याऊ ऊत्पादन तालिम को सहजीकरण टिकाराम ओलिले गर्नुभएको थियो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News