गाेपाल ओली:
रुकुम पश्चिमको त्रिवेणी गाऊपालिका ३ झुल्नेटामा रहेको युवा जनजागरण माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र कुमार ओलीले पद बाट राजिनामा दिनुभएको छ।
गत असोजमा नेपाली कांग्रेस त्रिवेणीको सभापतिमा चयन हुनुभयका ओली राजनितिमा आय संगै राजिनामा गर्न चौतर्फि आलोचना तथा दवाब बढेको थियो ।
बिद्यालयको गत आ.ब.को लेखापरिक्षण गराउने ,आफ्नो कार्यकाल अबधिभर भएको सम्पूर्ण हिसाब व्यवस्थापन गरेर मात्र पदबाट राजिनामा दिने भन्दै ओलीले बिद्यालय छाड्न मान्नु भएको थियन।
पार्टीको कार्यकारी पदमा रहेको ब्यक्ति विद्यालयको प्रधानाध्यापक, जस्तो
पदमा रहेको भन्दै आलोचना खेप्दै आऊनु भएका ओलिले प्रधानाध्यापक तथा शिक्षक पदबाट राजिनामा दिनुभएको हो,।
राजिनामा दिदै उहाले आफुले अध्यापन गरेको विध्यालयमा ५३ हजार बराबरको अक्षय कोषको स्थापना गर्ने उद्घोष गर्नुभएको छ । र त्रिवेणी गाउंपालिका ३ का तिनवटा बिद्यालयमा अक्षयकोष स्थापना गर्ने जानकारि दिनुभयो ।
आज एक औपचारिक कार्यक्रमका बिच ओलिको बिदाई गरिएको छ ।शिक्षक अभिभाबक संघ अध्यक्ष मन ब ओलीको अध्यक्षता भएको बिदाई कार्यक्रमा वडा नम्बर ३ का वडा अध्यक्ष मोहन ओली ,वि व्य स अध्यक्ष बिर बहादुर ओली लगाएत बिभिन्न राजनितिक दलका प्रतिनिधि अभिभावक ,बिद्यार्थि लगाएतको उपस्थिति रहेको थियो ।कार्यक्रमको संन्चालन शिक्षक गणेश ओलीले गर्नुभएको थियो । ओलि राहत कोटामा कार्यरत हुनुहुन्थ्यो ।