सानिभेरीमा २ महिने हाउस वाईरिङ तालिम सम्पन्न ।।
64x64
२०७८ फाल्गुण ०६ शुक्रबार प्रेसपालिका संवाददाता
305 Views

खिम बहादुर ओली
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सीप विकास तथा रोजगार सिर्जना कार्यक्रम अन्तर्गत २ महिने हाउस वाईरिङ तालिम सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको आर्थिक सहयोग र सानिभेरी गाउँपालिकाको सहजीकरणमा तालिम सम्पन्न भएको हो ।
गत पुस ६ गतेबाट सुरु भएको तालिम फागुन ६ गतेसम्म संचालन भएको थियो । “सीप सिकौ, आत्मनिर्भर बनौ” भन्ने उदेश्यले संञ्चालन गरिएको तालिममा १९ जना पुरुष र १ जना महिला गरी जम्मा २० जनाको सहभागिता रहेको थियो ।

बेरोजगार भई विदेश पलायन हुने दर बढिराखेको बेला तालिम दियर स्वदेशमै रोजगारी को सृजना गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको उधोग तथा उपभोक्ता हित संरक्षण कार्यलय रुकुम पश्चिमका सहायक चौथो मोहन खड्काले बताउनुभयो । तालिमको समापन कार्यक्रममा बोल्दै उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालयका निमिक्त प्रमुख धरनिधर केसिले आबश्यकताको आधारमा अर्को बर्ष लेबल–२ को तालिम सञ्चालन गर्ने र यस्ता खालका कार्यक्रमहरु लाई निरन्तरता दिईराख्न उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालय तयार रहेको बताउनुभयो । तालिममा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News