निशुल्क तालिम संञ्चालन गर्दै शिक्षालय ।
64x64
२०७८ फाल्गुण ०५ बिहिबार प्रेसपालिका संवाददाता
439 Views

शक्ति बारघरी
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा निशुल्क हावस वाइरिङ, पलम्बर र सिलाई कटाई तालिम सञ्चालन हुने भएका छन् ।
नेपाल सरकारको आर्थिक सहयोग र शहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालयको आयोजनामा निशुल्क तालिम सञ्चालन हुने भएको हो । ६५ दिनसम्म सञ्चालन हुने तालिम शहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालयमा हुने कार्यक्रम संयोजक प्रकाश खडकाले जानकारी दिनुभयो ।
यो तालिम लिईसकेपछि लेभल १ को लागि स्किल टेष्ट हुने र जसमा पास भए प्रमाण पत्र पाउने छन । लेभल-१ पास गर्नेले लेभल-२को लागि आवेदन दिन योग्य हुने बत्ताएको छ । हावस वाइरिङ, पलम्बर र सिलाई कटाईमा २०/२० जना गरि जम्मा ६० जना प्रशिक्षार्थी सहभागी गराईनेछ।निशुल्क तालिम संञ्चालन गर्दै शिक्षालय । - प्रेस पालिका
कार्यक्रम संयोजक खडका अनुसार तालिम लिन इच्छुक १८ बर्ष उमेर पुगेका नेपाली नागरिकहरुले यहि फाल्गुन ९ गते बुधवार सम्म शहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालयमा आवश्यक कागजात सहित पासपोर्ट साइजको दुई प्रति फोटो नागरिकताको प्रमाणपत्रको फोटोकपी पेश गर्नु पर्नेछ । तालिम सन्चालन हुने स्थान भने सहभागिताको आधारमा छनोट गरिनेछ। ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News