कुबेर ओलि
प्रेस सेन्टर नेपाल त्रिवेणि गाउपालिका रुकुम पश्चिमको तेस्रो बैठक सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल त्रिवेणि गाउपालिका अध्यक्ष कुबेर ओलीको अध्यक्षतामा बसको बैठकले संस्था दर्ता तथा सुचिकरण गर्नुका साथै बैंक खाता खोल्ने निर्णय गरेको छ ।
प्रेस सेन्टर नेपाल त्रिवेणि गाउँपालिकालाई गाउँपालिकामा सुचिकृत गर्नुका साथै आर्थिक कारोबार संचालनका लागि प्रेस सेन्टर नेपाल त्रिवेणिका अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षर चल्ने गरी लक्ष्मी बैंकमा खाता खोल्ने, साथै गाँउपालिका अन्र्तगत रहेका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नका लागि आधारभूत पत्रकारिता तालिम संचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा प्रेस सेन्टर त्रिवेणिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।