चौरजहारीमा ५ दिने उद्धघोषण तथा आधारभुत पत्रकारिता तालिम सम्पन्न ।।
64x64
२०७८ फाल्गुण ०४ बुधबार प्रेसपालिका संवाददाता
271 Views

प्रेसपालिका संवाददाता
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा सन्चालिते ५ दिने उद्धघोषण तथा आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल चौरजहरी नगर समितिको आयोजना र चौरजहारी नगरपालिकाको आर्थिक सहयोगमा तालिम सन्चालन भएको हो ।
माघ २८ गतेबाट सुरु भएको तालिम फाल्गुण ३ गतेसम्म संचालन गरिएको थियो । तालिममा रेडियो उद्घोषण, समाचार लेखन, पत्रकार आंचार संहिता, कार्यक्रम उत्पादन, नेतृत्व विकास, सुचना प्रविधि र संचारको बिषयमा प्रशिक्षण दिइएको थियो । तालिममा नगरभरका ३५ जना प्रशिक्षार्थी को सहभागिता रहेको थियो ।
तालिमबाट उत्कृष्ट पत्रकार उत्पादन गर्ने र एक वडा एक पत्रकार उत्पादन गर्ने उदेश्यले सन्चालन गरिएको प्रेस सेन्टर नेपाल चौरजहारी नगर समिति अध्यक्ष तिलक ओलिले जानकारी दिनुभयो ।
अब प्रत्येक वडाका गतिविधि सञ्चार माध्यमसम्म पुग्ने बिश्वास लिएको अध्यक्ष ओलिले जानकारी दिनुभयो । त्यस्तै तालिममा सहभागिहरुलाई प्रमाण पत्र र रुकुमको पत्रकारीता नामक किताब प्रदान गरी तालिमको समापन गरिएको हो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News