चौरजहारी १२ को मलामेडाडा स्वारा,दोभानखोला हुँदै पोखरी जोड्ने सडककाे काम संचालनमा
64x64
२०७८ फाल्गुण ०४ बुधबार प्रेसपालिका संवाददाता
774 Views

रुकुम पश्चिमको चौरजहारी नगरपालिका नम्बर १२ को मलामेडाडा स्वारा,दोभानखोला हुँदै पोखरी जोड्ने सडक खण्डको काम संचालनमा आएको छ।
अबको दुई महिना भित्र सडक निर्माणको काम सम्पन्न गरिसक्ने उपभोक्ता समितिका अध्यक्ष लोक बहादुर डाङ्गिले बताउनुभयो । मलामेडाडा स्वारा,दोभान खोला पोखरी सडक खण्ड बिस्तारको लागि आर्थिक बर्ष २०७८/०८९ मा कर्णाली प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेको थियो ।
भौगोलिक विकटताका कारण पोखरी देखि खन्ना सुरु गरिएको उक्त सडक ४० लाख बजेटले स्वारा सम्म जोडिने सम्भावना कम भयको वडा नम्बर १२ का वडा अध्यक्ष टिकाराम ओलिले बताउनु भयो ।
यदि उक्त बजेट अपुग भएको खण्डमा थप बजेटको लागि नगर सरकार तथा प्रदेश सरकार सङ्ग पहल गर्ने अध्यक्ष ओलिको भनाइ छ ।

सडक जोडिए पछि गाउँमा उत्पादित तरकारी तथा फलफुल निर्यात गर्न र आवश्यक पर्ने खाद्यान्न आयात गर्ने सहज हुने स्थानीय भीम बहादुर खत्रीले बताएका छन ।
यो सडक खण्ड जोडिए पछि चौरजहारी नगरपालिकाको खोलागाउँ देखि सानी भेरी गाउपालिकाको चाइनाबगर सम्म जान सहज र छिटो हुने स्थानिय दिपक डाङ्गीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |