जन्मदिनको अवसरमा बिरामीलाई आर्थिक सहयोग
64x64
२०७८ फाल्गुण ०३ मंगलबार प्रेसपालिका संवाददाता
182 Views

प्रेसपालिका संवाददाता : रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नम्बर  ६ घर भई हाल अमेरिकामा रहनुभएका मनराज देवकोटाले आफ्नो जन्मदिनको अबसरमा बिरामीलाई आर्थिक सहयोग गर्नुभएको छ ।
उहाँले वडा नम्बर ३ गरायला निबासी दुबै मृगौला फेल भई हाल काठमाडौमा उपचाररत सुमन नकाललाई ५० हजार र वडा नम्बर ११ निबासी मस्तिष्कको बिरामी बिरजित डाँगीलाई १० हजार गरी जम्मा ६० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
उक्त रकम पत्रकार नारायण ओलीको समन्वयमा वडा नम्बर  ३ का वडा अध्यक्ष बिर्ख बहादुर बिष्टद्वारा बिरामी सुमन नकालकी दिदी लालसरी नकाल ओलीलाई हस्तान्तरण गरिएको छ ।
सहयोगी देवकोटाले अमेरिकामा रहेर विगत देखि नै थुप्रै दुखी पिडितलाई सहयोग गर्दै आउनुभएको छ । हाल देवकोटाकै अगुवाईमा अमेरिकामा सुमन नकालको उपचारको लागि सहयोग अभियान संचालन गरिरहनुभएको छ । उक्त अभियानमा हालसम्म ५ लाख भन्दा बढी रकम जम्मा भैसकेको देवकोटाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |